कम्युनिस्टहरूले यसरी दिन्छन् धोका, निधिले खोलिदिए ओलीको गोप्य कुरा

जनकपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा भएको गोली काण्डको घटनाका दोषीलाई बचाउन केपी ओाली नेतृत्वको कम्युनिस्ट सरकार र मधेस केन्द्रित दलहरूको प्रदेश २ को सरकार लागिपरेको आरोप लगाएका छन् ।

जनकपुरधामको जिरोमाईलस्थित जनकपुर युथ क्लवको १३औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै निधिले सर्लाहीमा हत्या गरिएका रामविलास महतोका दोषीलाई बचाउन सत्तापक्ष लागेकोव बताए । ‘दोषीलाई उम्काउनु भनेको अपराधलाई प्रश्रय दिनुु हो’, नेता निधिले भनेका छन् ।

कांग्रेस नेता निधिले मधेसवादी दललाई कम्युनिष्ट सरकारले आफ्नो जालोमा पारेर ठग्दै आएको बताए । उनले भने, ‘मधेसवादी दलले यो कम्युनिस्ट सरकारबाट संविधान संशोधन कहिल्यै गराउन सक्दैनन् ।’

मधेसवादी दलले मधेसको विकास गर्न सके पनि मधेसी जनताको एजेण्डालाई कहिल्यै पनि स्थापित गर्न नसक्ने उनले बताए । संघीय प्रणालीमा संघीय सरकारका साथै प्रदेश सरकारलाई समेत जनतालाई न्याय दिलाउनु पर्नेमा पृष्ठपोषणमा लागेको उनको आरोप थियो ।

Published : Sunday, 2018 November 4, 7:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया