संगठित रुपमा सहकारी ठगका अभियुक्त रवि लामिछाने पक्राउ, निकै त्रसित र गलेको अवस्थामा देखिए

काठमाडौं । सहकारी ठग र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति करीव पौने १० बजेतिर लामिछानेलाई बुढानिलकण्ठ नगरपालिका, हेपाली हाइटको सिजी होम्समा रहेको निवासबाट काठमाडौं अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले पक्राउ गरेको हो । लामिछानेलाई बा २१ च २१०७ नम्बरको स्करपियो गाडीमा राखेर प्रहरीले लगेको छ ।
लामिछानेले आफूलाई पक्राउ गर्न प्रहरी आएको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट स्टन्ट गर्न खोजेका थिए । निकै हतास अवस्थामा देखिएका लामिछानेले आफू गलेको संकेत दिएका छन् । सबै प्रक्रिया पूरा गरेर लामिछानेलाई प्रहरीले पक्राउ गरेर लगेको जनाएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । अदालतको आदेशसँग प्रहरी लामिछानेलाई पक्राउ गर्न निवासमै पुगेको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटी माग गरेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया