ज्ञानेन्द्र शाहका मतियारहरूलाई तीनकुने हिंसा प्रकरणमा हिरासतमा राख्न १५ दिनको म्याद थप
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशम्शेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
मंगलबार अदालतले २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरू १५ दिनमा हिरासतमा रहनेछन् ।
प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।
मिश्र, राणासहितका मानिसहरूविरुद्ध राज्यविरुद्धको कसूर र संगठित अपराधको कसूरमा मुद्दा चलाइएको छ ।
आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा मुद्दा चलाइएकाहरूविरुद्ध भने १५ दिनको म्याद थप भएको छ ।
Published : Tuesday, 2025 April 8, 4:46 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया