एमालेबाट विजयी यी जनप्रतिनिधिको कर्तुतले छक्कै बनायो

बुटवल । रुपन्देही जिल्लामा प्रहरीले नेकपा (एमाले)बाट वडा सदस्यमा विजयी भएका जनप्रतिनिधिलाई ३७ किलो चरेसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य ४० वर्षीय टीका रास्कोटी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

रास्कोटी ०७४ सालमा स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए । रास्कोटीसँगै पक्राउ पर्नेमा बागलुङका ३४ वर्षीय जनक घर्ती र कपिलवस्तुका ५० वर्षीय नहारि थारू पनि रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरूलाई पक्राउ गरेको छ ।

Published : Sunday, 2018 November 4, 2:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया