फरार रहेका गोरखाका २१ वर्षीय ढकाल पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखाका २१ वर्षीय निरज ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका–११ घर भएका ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपियाँ जरिवाना ठहर गरेको थियो ।
कैद र जरिवाना भएपछि ढकाल फरार रहेका थिए । उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया