दाङका सिडिओको दवाव अस्वीकार गर्ने यी हुन् ‘सिंघम’ एसपी

काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अहँकारमा गृह मन्त्रालयले दबाब दिएका कारण दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माको अढाइ महिनामै सरूवा भएको छ ।

सिडिओले भनेका व्यक्ति पक्राउ नगर्दा र पक्राउ परेका व्यक्ति नछोड्दा उनलाई राजनीतिक शक्ति र मन्त्रालयको स्रोतको दुरूपयोग गरी सरूवा गरिएको छ ।

सरूवाको प्रमुख कारण प्रहरीको अधिकारमाथि प्रजिअको हस्तक्षेप नै रहेको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीवीच प्रहरीलाई कसले परिचालन गर्ने भन्ने विवाद र प्रहरीको क्षेत्राधिकार माथि सिडिओले गर्दै आएको ठाडो हस्तक्षेपबारे बढ्दै गएको बिवाद सरूवा प्रकरणसम्म पुगेको हो ।

प्रहरी स्रोतका अनुसार एसपी शर्मा आउनु पूर्व प्रहरीका तल्ला ईकाई ईलाका प्रहरी तथा प्रहरी चौकीहरूलाई प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले आँफै ठाडो निर्देशन दिएर परिचालन गर्दै आएका थिए ।

एसपी शर्माले जिल्ला आएलगत्तै प्रहरी परिचालनमा प्रजिअले गर्दै आएको निर्देशनलाई रोकिदिएका थिए । ‘ईलाका प्रहरी तथा चौकीहरूमा समेत उहाँ सिडिओ साप० को निर्देशन चल्थ्यो’, प्रहरी स्रोतले भन्यो ‘शर्मा आएपछि प्रहरीका तल्लो ईकाईहरूमा सिडिओ सापको राज रोकियो ।’ एसपी शर्माले सिडिओले प्रहरीलाई ठाडो निर्देशन दिएर परिचलान गर्न नमिल्ने भन्दै प्रजिअ श्रेष्ठलाई समेत यसो नगर्न सचेत गराएको पनि प्रहरी स्रोत वताउँछ ।

स्रोतका अनुसार सिडिओ आँफैले प्रहरी परिचालन गर्नुमा एसपी शर्माले ठूलै आशंका गरेका थिए । स्रोतका अनुसार कुनै व्यक्तिलाई पक्राउ गर्न र छोड्न समेत निर्देशन जाने गरेको भन्दै एसपी शर्मा सिडिओ सित रूष्ट भएका थिए । तै पनि ट्राफिक प्रहरीलाई भने उनले उसैगरि निर्देशन दिईरहेको प्रजिअ श्रेष्ठले बताए । एसपी शर्माले त्यो पनि रोकिदिएका थिए ।

प्रहरी परिचलानमा देखिएको एसपी सिडिओबीचको विवाद खोला उत्खनन्का बिषयमा झनै चुलियो । प्रहरी स्रोतका अनुसार खोलामा हुने अवैध उत्खनन्का बिषयमा सिडिओ आँफै बढि सकृय हुन थालेका थिए ।

अवैध उत्खनन्मा संलग्नहरूलाई सशस्त्र प्रहरी लगाएर पक्राउ गर्न थालेपछि प्रहरीले आफ्नो अधिकार मिचिएको महसुस गरेको थियो । प्रहरीले उत्खनन् प्रतिको यो सक्रियतालाई प्रहरीले आशंकाको घेरामा समेत राखेको थियो ।

करिब महिना दिन अघि तुलसीपुरदेखि पश्चिमको एक खोलामा अवैध उत्खनन्मा संलग्न टिपर र एक्सका भेटर माथि गरिएको कारवाहीका बिषयमा एसपी शर्मा प्रजिअ श्रेष्ठसित सशंकित बनेका थिए । स्रोतका अनुसार उक्त खोलामा १० वटा टिपर र दुई वटा एक्सकाभेटर उत्खनन्मा प्रयोग भएका थिए । प्रजिअ श्रेष्ठले उत्खनन्मा संलग्नहरूलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीलाई खटाए ।

सशस्त्रलाई खटाईएको प्रति प्रहरी असन्तुष्ट बनेको थियो । प्रजिअको निर्देशनमा गएको सशस्त्र प्रहरी टोलीले दुईवटा मात्रै टिप्पर नियन्त्रणमा लियो । एसपी शर्मा दुई वटा टिप्पर मात्रै नियन्त्रणमा लिईएको प्रति प्रजिअ श्रेष्ठको नियतमाथि झनै शंका गर्न थालिसकेका थिए ।

१० वटा टिपर मध्य दुईवटा टिपर मात्रै समातिए, बाँकी ८ वटा किन समातिएनन भन्दै एसपी शर्माले सिडिओसँग प्रश्न समेत गरेका थिए । उत्खनन्मा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठमाथि नै उत्खनन् संरक्षणको आशंका समेत गरेका थिए ।

नत्र उत्खनन्का बिषयमा प्रजिअको चासो किन ? भन्ने प्रश्न प्रहरीले उठाएको थियो । सशस्त्र प्रहरीलाई किन परिचलान गरियो विभिन्न बिषयमा विवादमा हुदै गर्दा सिडिओ र एसपीबीचको विवाद पछिल्लो घटना जुवा काण्डले उत्कर्षमा पु-याईदिएको थियो ।

दशैँ कोजाग्रत पूर्णिमाका दिन घोराही स्थित एक ब्यक्तिको घरमा जुवा खेलिरहेको भन्ने सूचना आँफूलाई प्राप्त भएको भन्दै प्रजिअ श्रेष्ठले छापा हान्नका लागि आँफै एक्सन लिएका थिए । उनले घोराहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रञ्जन अवालेलाई छापा हान्न निर्देशन दिएका थिए ।

तर प्रहरी निरिक्षक अवाले भने एसपीको निर्देशन पाएमा मात्रै आफू छापा हान्न जाने भन्दै एसपी शर्मासंग सिडिओको निर्देशन बारे कुराकानी गरेका थिए । एसपी शर्माले तत्काल प्रहरी निरिक्षक अवालाई एक्सनमा जान निर्देशन दिएका थिए । लगत्तै प्रहरीको टोली जुवा अखडा चलेको भनिएको स्थानमा पुगेको थियो ।

तर सिडिओ श्रेष्ठले उक्त स्थानमा अनुसन्धानको एसपी र सशस्त्र प्रहरीलाई समेत खटाए । केहिबेर प्रहरीबीचमा घटनास्थलमै विवाद समेत भएको थियो । ‘सशस्त्र प्रहरी घर भित्र प्रवेश गर्छ भने नेपाल प्रहरीले गर्दैन भनेर सशस्त्र र नेपाल प्रहरी विच भनाभन समेत भएको हो’, स्रोत भन्छ ।

पछि सशस्त्र प्रहरी बाहिर निस्केपछि नेपाल प्रहरीले अनुसन्धानको पाटो हेरेको थियो । जुवा चलेको भनिएको उक्त घरमा जुवा खेलेको प्रमाण भने फेला परेन । त्यसबेला प्रजिअ श्रेष्ठले उक्त घररमा रहेका सबैजनालाई नियन्त्रणमा लिएर आउन एसपी शर्मालाई भनेका थिए ।

सिडिओको सल्लाहअनुसार एसपी शर्माले उक्त घरमा रहेका सबैलाई नियन्त्रणमा लिनका लागि थप प्रहरी खटाएका थिए तर उक्त मुद्धा आफुले नभई सिडिओले हेर्नु पर्ने सर्त एसपी शर्माले राखे । जुवा खाल मच्चिएको भनिएको घरमा जुवाको कुनै प्रमाण भेटिएन ।

प्रमाण नै नभेटिएपछि प्रहरीले यो मुद्धा आँफूले लिन चाहेन, सिडिओकै निर्देशनमा छापा मारिएकाले सिडिओले यो मुद्धा हेर्नु पर्ने अडान लिएको थियो । तर सिडिओले यो मुद्धालाई आफूले लिन नचाहेको र घटनास्थलमा खटिएका प्रहरी अधिकारीहरूलाई नै निर्णायक बन्न दिने मनस्थितीमा पुगेको स्रोत बताउँछ ।

अन्ततः घटनास्थलमा पुगेको प्रहरी जुवा खेलेको कुनै प्रमाण नभेटिएको निक्र्यौल सहित फिर्ता भएको थियो । यो घटनापछि एसपी शर्माले प्रजिअ श्रेष्ठका गार्र्डलाई झिकाईदिएका थिए । सादा पोशकमा नेपाल प्रहरीका ति गार्ड उक्त घरमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि बनेर छिरेका थिए ।

जिल्ला प्रशासनको प्रतिनिधि बन्ने अधिकार सिडिओका गार्डलाई नहुने भन्दै कारवाही स्वरूप एसपी शर्माले ति प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिदिएका थिए । यो घटना पछि रूष्ट प्रमुख जिल्ला अधिकारी काठमाडौँ हिँडेको र लगत्तै एसपी शर्माको सरूवा भएको थियो ।

महालेखा नियन्त्रण कार्यालयमा रहेका श्रेष्ठ १७ महिना अघि गृहमा आएका थिए । गृहमा आउने वित्तिकै उनलाई १६ महिना अघि दाङको सिडिओ बनाएर पठाइएको थियो । जनार्दन शर्मा गृहमन्त्री भएका बेला उनी दाङको सिडिओ भएका थिए । (जनप्रहार साप्ताहिकबाट साभार)

Published : Tuesday, 2018 November 6, 11:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया