कांग्रेसमा निधि र गच्छदारमध्ये को वरिष्ठ ?

काठमाडौं । नेपाली कांग्रेसले विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्ति गरेसँगै मधेसी मूलका दुई नेता उपसभापति भएका छन् ।

विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका हुन् । दुई नेतामध्ये पहिले मनोनीत गरिएका निधि नै वरीयतामा अगाडि रहनेछन् ।

कांग्रेसका नेता रमेश लेखकले वरीयताक्रममा गच्छदारभन्दा निधि अगाडि रहने बताए । निधिले पनि आफू पहिलो उपसभापति भएकाले गच्छदारभन्दा अगाडि रहने दाबी गरेका छन् ।

निधि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पनि हुन् । पार्टी एकतापछि गच्छदारलाई विशेष आमन्त्रित सदस्यका रूपमा केन्द्रीय समितिमा प्रवेश दिइएको थियो ।

संसदीय दलको नेतामा देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेता चयन गरिएको थियो । अर्का उपसभापतिको काम, कर्तव्य र जिम्मेवारी के हुने भन्ने खुलाइएको छैन ।

गच्छदारले उपसभापतिको वरीयताका विषयमा मुख खोलेका छैनन् । कांग्रेसको राजनीतिमा गच्छदार निधिभन्दा धेरै सिनियर नेता हुन् । देउवा निकट रहेकाले निधिले कांग्रेसभित्र हालीमुहाली गर्दै आएका छन् ।

Published : Wednesday, 2018 November 7, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया