देउवा–पौडेलबीच कुरा मिल्छ, कांग्रेस सुध्रिन्छः गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिलेर काम गर्न सुझाव दिएका छन् ।

बुधबार राति पत्रकारहरूसँग कुरा गर्दै गुरुङले दुई शीर्ष नेता नमिल्दासम्म कांग्रेसलाई समस्या हुने बताए । उनले कांग्रेसलाई जीवन दिनुपर्ने बताएका छन् ।

उनले कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने विश्वास गरे । ‘अब अनेकता पनि एकतामा परिणत हुन्छ । गुट उपगुट अन्त्य हुन्छ’, उनले भने, ‘सभापति देउवाजी र वरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ ।’

मुलुक समृद्धितर्फ अघि बढिरहेको भन्दै उनले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

Published : Thursday, 2018 November 8, 10:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया