पत्रकारहरूसँग डराइन् राष्ट्रपति भण्डारी, कठोर बन्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीकाको तस्वीर र भिडियोका लागि राष्ट्रपति कार्यालयले अबरोध सिर्जना गरेको छ ।

दशैँका बेला सर्वजनिक भएका तस्वीर र भिडियोले गर्दा राष्ट्रपति भण्डारीको खुलेर आलोचना भएपछि भाइटीकामा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको हो ।

राष्ट्रपति भण्डारीको भाइटीकाको तस्वीर र भिडियो लिन नदिएपछि गेटमा पुगेका सञ्चारकर्मीहरूले राष्ट्रपति कार्यालय निरंकुश बनेको आरोप लगाएका थिए ।

राष्ट्रपति भण्डारीले डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा पाण्डेलाई भण्डारीले सप्तरंगी टीका लगाइदिएकी हुन् ।

राष्ट्रपति भण्डारीले टीका लगाइदिएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइदिइएर कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् ।

भाइ डेगेन्द्रले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपति भण्डारीसँग आशीर्वाद लिएको राससले जनाएको छ ।

भाइटीकाको तस्वीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो ।

समाचार संकलनका लागि गएका पत्रकारहरूलाई शीतलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो । भाइटीकाको तस्बिर राष्ट्रपति कार्यालयले आफू अनुकूलको खिचेर मेलमार्फत पठाएको छ ।

Published : Friday, 2018 November 9, 5:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया