कम्युनिस्ट वडाध्यक्षको हर्कतले मतदाताहरूको शिर निहुरियो

रौतहट । रौतहट जिल्लामा माधव–नारायण नगरपालिकाको वडा नं. ५ मिठूवाका वडाध्यक्ष जमीअख्तर मन्सुरीसहितका जुवाडेहरूको भागदौड भएको छ ।

शुक्रबार वडाध्यक्ष मन्सुरी जुवा खेल्दै गरेको तस्बिर बाहिरिएको थियो । त्यसपछि पक्राउ पर्ने डरले वडाध्यक्ष मन्सुरीसहितका उनका साथीहरूको भागाभाग भएको हो ।

वडाध्यक्ष मन्सुरी आफैले जुवा र कौडा खेलाएको आरोप स्थानीयको छ ।

तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका मन्सुरीले वृद्ध भत्ता वितरण नगरेर जुवामा हारेको आरोप छ । जुवाको अखडामा प्रहरी पुगेपछि वडाध्यक्ष मन्सुरीसहित जुवाडेहरूको भागाभाग भएको थियो ।

वडाध्यक्ष मन्सुरीले स्थानीय राम मन्दिरको छेउमा खराब आचरण भएका व्यक्तिहरूलाई बोलाइ जुवा खेलाएका थिए । मन्सुरीको गलत क्रियाकलापबाट उनकै पार्टी नेकपा हैरान भएको छ ।

वडाध्यक्ष मन्सुरीसहितको जुवाडेलाई पक्राउ गर्न सुकदेव चोक प्रहरी चौकीका असई बबुल झा नेतृत्वको टोली पुगे पनि खालीहात फिर्ता भएको छ ।

वडाध्यक्ष मन्सुरीले आफूले कुनै पनि प्रकारको जवामा संलग्न नरहेको दाबी गरे । जुवा खेल्दै गरेको तस्वीर कस्को हो भनेर सोधिएको प्रश्नको जिज्ञासामा वडाध्यक्ष मन्सुरी चुपचाप लागे ।

Published : Saturday, 2018 November 10, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया