यी हुन् कम्युनिस्टहरूलाई जिल खुवाउने मुख्यमन्त्री

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएका छन् ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भएका हुन् ।

म्ह पूजामा सहभागी भएर राउतले नेवारी संस्कृतिअनुसार पूजाअर्चना गरेपछि प्रशंसा भएको हो । संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका मुख्यमन्त्री राउतको कार्यको प्रशंसा भएको छ ।

वीरगञ्जमा बिहीबार सम्पन्न म्ह पूजामा मुख्यमन्त्री राउत आफै सहभागी भएका थिए । उनले पूरै नेवारी परम्पराअनुसार म्ह पूजा गरेका थिए ।

म्ह पूजामा सहभागी भएका मुख्यमन्त्री राउतको त्यो अहिले तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कम्युनिस्टहरूले सातमध्ये छ वटा प्रदेशमा बहुमतको सरकार बनाएका छन् ।

उनीहरूले केही गर्न नसकी रहेका बेला राउतले कम्युनिस्टहरू जिल पर्ने गरेर सामाजिक कार्यमा संलग्न भएका छन् ।

बेलाबेला हिन्दूहरूको चाढपर्वमा समेत सरिक हुँदै आएका मुख्यमन्त्री राउतले सबै धर्म र संस्कृतिलाई बराबरीको सम्मान दिने गरेका छन् ।

Published : Saturday, 2018 November 10, 1:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया