वामदेवको तयारीले ओली झस्किए, कम्युनिस्ट सरकारभित्र उथलपुथल

काठमाडौं । सांसद बन्ने बाटोमा केपी ओली तगारो बनेको वामदेव गौतमको बुझाइ छ । अझै पनि सांसद बन्ने चाहना गौतमको मनबाट हराएको छैन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष समेत रहेका गौतमले राष्ट्रिय सहमतिको सरकार गठनको लागि आफूले पहल गर्ने बताएका छन् । गौतमको यो अभिव्यक्तिले केपी ओली र ओलीको समूहभित्र खैलाबैला भएको छ ।

गौतमले रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका थिए । गौतमको यो अभिव्यक्तिलाई ओली र उनको समूहले रुचाएको छैन । गौतमको अभिव्यक्तिको प्रतिवाद हुन थालेको छ ।

गौतमको नयाँ अभिव्यक्ति आएसँगै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सशंकित बनेका छन् । ओलीले गौतमको अभिव्यक्तिका विषयमा पार्टीभित्र कुरा उठाउने तयारी गरेका छन् । ओलीको तयारी चालपाएपछि गौतमले पनि सशक्त प्रतिवाद गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

नेता गौतमले सरकारलाई कमजोर तुल्याउने गरी विवादस्पद अभिव्यक्ति दिएको ओली र उनको गुटको ठहर छ । गौतमले ओलीलाई चुनावको बेला जारी गरेको संयुक्त घोषणापत्र पनि दोहोर्याएर पढ्न आग्रह गरेका छन् ।

ओली सरकारको काम गराईप्रति पनि गौतमले असन्तुष्टि जनाएका छन् । ओली सरकारले वाम गठबन्धनको घोषणापत्र अनुसार कुनै पनि काम गर्न नसकेको गौतमको भनाइ छ ।

Published : Sunday, 2018 November 11, 9:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया