कांग्रेसले खोलिदियो कम्युनिस्ट सरकारको सामन्तवादी गोप्य निर्णय

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति कार्यालयका लागि नेपाल प्रहरीको तालिम केन्द्रलाई सार्ने निर्णय गरेको खुलासा भएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले कम्युनिस्ट सरकारको सो निर्णयको आलोचना गरेका छन् । कांग्रेसले प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको खुलेर विरोध गरेको छ । कम्युनिस्ट सरकारले सामन्तवादी सोँच हाबी भएको भन्दै कांग्रेसले कडा शब्दमा आलोचना गरेको छ ।

‘सरकारले प्रहरी तालिम केन्द्रलाई सारेर राष्ट्रपतिको प्रांगण बढाउने निर्णय गरेको कुरा आएको छ’, डा.महतले सोमबार बिहानै फेसबुकमा स्ट्याटस लेखेर भनेका छन्, ‘यति ठूलो प्राङ्गण किन चाहियो ? यसको जवाफ सरकारले दिनुपर्छ । यो सामन्तवादी सोँचको घोतक हो ।’

स्रोतका अनुसार कम्युनिस्ट सरकारको आइतबार झण्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयका लागि प्रहरीको कार्यालय सारेर जग्गा दिने निर्णय गरेको छ ।

कांग्रेसका सहमहामन्त्री डा.महतले स्टाटस लेखेपछि कमेन्ट गर्नेहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार र राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् ।

यसअघि कम्युनिस्ट सरकारले प्रहरीको तालिम केन्द्रको कार्यालय सारेर राष्ट्रपति भण्डारीका लागि दिने तयारी गरेपछि विरोध भएको थियो । कम्युनिस्ट सरकारले प्रहरीका कार्यालय सारेर सो जमिन राष्ट्रपतिलाई दिएरै छाडेको छ ।

Published : Monday, 2018 November 12, 9:35 am

1 प्रतिकृया प्राप्त “कांग्रेसले खोलिदियो कम्युनिस्ट सरकारको सामन्तवादी गोप्य निर्णय”

  • यो कम्युनिस्ट पार्टी को सरकार को सानो कुकृत्य मात्र हो; बिश्व इतिहास नियाल्दा जनता ले अझ यी र यस्ता धेरै अनि अकल्पनीय रूपमा जन बिरोधी क्रियाकलाप बेहोर्नु पर्नेछ कम्युनिस्ट सरकार रहे सम्म।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया