गगन थापासँग हारेका यी नेतालाई यसरी भयो फलिफाप

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापासँग पराजित भएका पूर्वएमालेका नेता डा.राजन भट्टराईलाई कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ ।

आइतबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले डा.भट्टराईलाई ओलीको विवेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको स्रोतले जनाएको छ ।

डा.भट्टराई तत्कालीन एमालेबाट काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थिए । कांग्रेसका युवा नेता थापाले पराजित गरिदिएका थिए ।

पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)को सदस्य समेत हुन् ।

Published : Monday, 2018 November 12, 10:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया