कांग्रेस कमजोर हुनु हुँदैन, कम्युनिस्टको मनोबल बढ्छः पौडेल

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई नआत्तिन आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सुजाता कोइरालाको निवासमा खाना खाँदैमा देउवा पक्षलाई आत्तिन नहुने बताएका हुन् ।

‘खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन’, उनले भने, ‘सामान्य ‘हाई हेल्लो मात्रै हो ।’ पौडेलले संसदमा कांग्रेस कमजोर बनेको बताए । कांग्रेसले भनेअनुसार कडा रुपमा प्रस्तुत नहुँदा कम्युनिस्ट सरकार निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।

सभापति शेरबहादुर देउवाले संसदमा सशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको पौडेलले आरोप लगाए । उनले भने, ‘संसदमा विपक्षी दलको नेता विचारले आक्रामक रुपमा प्रस्तुत हुनुपथ्र्यो । तर त्यस्तो भएन ।’

वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए ।

Published : Tuesday, 2018 November 13, 7:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया