सेनाको हेलिकप्टर चढेर पत्नीसहित नुहाउन पुगे प्रचण्ड–बादल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको हेलिकप्टरमा चढेर पत्नी सीता दाहालको उपचारका लागि म्याग्दीको बेनी पुगेका छन् ।

प्रचण्डले पत्नी सीता दाहाल, छोरी गंगा दाहाल आचार्य, सचिवालयका सदस्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा उनकी पत्नी नैनकला थापालाई बेनी लगेका हुन् । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड बुधबारसम्म बेनीमा बस्नेछन् ।

प्रचण्ड र थापाको परिवार नेपाली सेनाको एमआई १७ हेलिकप्टर चढेर सोमबार म्याग्दी गएको थियो । अर्थुङ्गेस्थित नेपाली सेनाको श्रीबक्स गुल्ममा सेनाको हेलिकोप्टरबाट ओर्लिएका प्रचण्ड र थापाको परिवार सात किलोमिटर गाडीको यात्रापछि दिउँसो २ बजे तातोपानी कुण्ड पुगेका थिए ।

अध्यक्ष दाहाल, गृहमन्त्री थापा दम्पत्तिले दिउँसो २ बजेदेखि ४ बजेसम्म कुण्डमा वाटर थेरापी गराएका छन् । प्रचण्ड र गृहमन्त्री थापाको परिवारलाई लिन बुधबार नेपाली सेनाको हेलिकप्टर पुनः जाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले तातोपानीमा नुहाउँदा बिरामीलाई आराम हुन्छ भन्ने सुनेर सीता दाहालको उपचारका लागि बेनी गएको बताएको बताएका छन् ।

सीता दाहाललाई दुई पटक ठूलो धनराशी खर्च गरेर सिंगापुरमा लामो उपचार गरिसकिएको छ । सीता दाहाललाई सञ्चो नलागेपछि म्याग्दीमा तातोपानीको थेरापीका लागि लगिएको छ ।

Published : Tuesday, 2018 November 13, 9:51 pm

1 प्रतिकृया प्राप्त “सेनाको हेलिकप्टर चढेर पत्नीसहित नुहाउन पुगे प्रचण्ड–बादल”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया