पूर्वराजा र कांग्रेस नेता सिंहबीच गोप्य वार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भेटवार्ता गरेका छन् ।

कालीमाटीस्थित होटेल सोल्टीमा सोमबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका बेला पूर्वराजा शाह र कांग्रेस नेता सिंहबीच कुराकानी भएको हो । कुराकानी के भएको थियो त्यसबारेमा केही बताइएको छैन ।

कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा.रामशरण महतबीच वार्ता भइरहेका बेला नेता सिंहले पूर्वराजासँग भेट गरेका हुन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पनि यसअघि नै हिन्दु राष्ट्र माग गर्दै आएका छन् ।

Published : Wednesday, 2018 November 14, 1:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया