सुजाताको एक शब्दले चारतारे झण्डाको शान बढ्यो
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले लञ्च मिटिङलाई मिडियाले अर्कैतिर मोडेको आरोप लगाएकी छिन् ।
कांग्रेसलाई एकजुट बनाउने माहोल बनाउन आफूले लञ्च मिटिङ राखेको बताइन् । उनले आफू गुटभन्दा पनि गुटलाई भत्काएर कांग्रेस मिलाउने पक्षमा रहेको बताएकी छिन् ।
हालै आयोजना गरेको लञ्च मिटिङको उद्देश्य पार्टीलाई एक ढिक्का गर्नु रहेको उनले बताइन् । सभापति शेरबहादुर देउवाले विधानविपरित काम गरेको र त्यसलाई रोक्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एकजुट हुने विषयमा छलफल गरेको नेतृ कोइरालाले बताइन् ।
कोइरालाले सोमबार लञ्चका लागि मण्डिखाटारमा केही नेताहरूलाई बोलाएकी थिइन् । नेतृ कोइरालाको निवासमा दिउँसोको खाना खान वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला र केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका नेता सहभागी थिए ।
सभापति देउवाले विधानविपरित काम गरेको, पार्टीलाई एउटा गुटमा परिणत गरेको, एकलौटी ढंगले अगाडि बढेको भन्दै नेतृ कोइरालाको निवासको भेलाले देउवाका गलत कामका विरुद्ध एक भएर अगाडि बढ्ने सहमति गरेका थिए ।
नेतृ कोइरालाको निवासमा भएको भेलामा नेता कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।
वरिष्ठ नेता पौडेलले धेरै पटक खाना खुवाउने गरी भेला बोलाउन आग्रह गरेकाले आफूले लञ्च मिटिङ राखेको कोइरालाले बताइन् ।
यसमा तपाइको मत