कांग्रेसले बोलायो कार्यसमिति बैठक, नेविसंघबारे फैसला हुने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार कार्यसमितिको बैठक शनिबार दिउँसो २ बजे बस्नेछ । महासमितिको तयारीका विषयमा छलफल हुनेछ ।

साथै नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद र महाधिवेशनका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न समय दिइएको थियो । तर, आन्तरिक विवादले नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले विरोध गरेर महाधिवेशन गर्न आनाकानी गरिरहेको छ ।

Published : Thursday, 2018 November 15, 5:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया