यस्तो थियो यो विदेशी जोडीको करामत

काठमाडौं । नेपालमा अबैधानिक काम हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, विदेशी नागरिकहरू कति सजिलै नेपालमा विनाभिसा बसेर अवै काम गर्छन् भन्ने यो उदाहारणले देखाएको छ ।

नेपालमा तीन वर्षदेखि अवैध रूपमा बस्दै जर्मन नागरिक अर्ने बेन्जामिन र उनकी चिनियाँ श्रीमती साइमेन झाओ अहिले अध्यागमन विभागको हिरासतमा छन् ।

उनीहरूलाई निष्कासनको तयारी हुँदै गर्दा झाओ एक साताअघि अध्यागमनको हिरासतमै सुत्केरी भएकी छिन् । ३५ दिनदेखि हिरासतमा रहेको यो जोडी विनाभिसा चार वर्षदेखि नेपालमा रहेको खुलेको छ ।

तीन वर्षअघि स्पेनमा भेट भएपछि उनीहरू प्रेममा परेका थिए । त्यसपछि झाओलाई लिएर नेपाल भित्रिएका बेन्जामिन आफूलाई तान्त्रिक बताउँदै विभिन्न ठाउँ घुम्दै आएका थिए ।

उनीहरू २४ असोजमा काठमाडौंमा पक्राउ परेका हुन् । बेन्जामिनलाई चार लाख ९८ हजार तथा झाओलाई चार लाख ४१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जर्मन युवकसँग बिहे गरेकाले आफू जर्मनी नै जाने झाको चाहना भए पनि जर्मन दूतावासले ट्राभल डकुमेन्ट नदिएपछि उनले स्वदेश फर्किन चिनियाँ दूतावासमा निवेदन दिएकी छिन् । दूतावासबाट निर्णय नहुँदा उनको हिरासत बसाइ लम्बिएको हो ।

Published : Friday, 2018 November 16, 9:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया