कम्युनिस्टहरू भनेका जनता ठग्ने हुन्ः धना खतिवडा

कालिकोट । प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद धना खतिवडाले कम्युनिस्ट सरकारको गतिविधिले जनतालाई निरासा बनाएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

शुक्रबार कालिकोटमा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघकी महासचिव समेत रहेकी नेतृ खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरूले कामलाई भन्दा पनि आफ्ना गफहरूलाई महत्व दिने गरेको आरोप लगाइन् । उनले भनिन् ‘अब कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्मै सशक्त प्रतिपक्षको भुमिका खेल्नेछ ।’

नेतृ खतिवडाले कम्युनिस्ट सरकारका कामप्रति कांग्रेसलाई चित्त नबुझेको बताइन् । उनले दुई तिहाईको सरकारले राम्रोसँग काम नगरे कांग्रेस अब चुप लागेर नबस्ने चेतावनी दिइन् ।

कम्युनिस्ट सरकारले अपराधीलाई कारवाही गर्न असफल भएको भन्दै उनले अपराधि, बलात्कारी, हत्यारालाई संरक्षण गरेको बताइन् ।

सरकारले मुलुकमा अपराध र दण्डहिनता बढ्दा पनि केही गर्न नसकेको उनको गुनासो थियो ।

न्यायको लागि नागरिक उठ्दा पनि सरकार उनीहरुलाई दमन गर्न लागेकोले अब आफ्नो पार्टी कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिइन् ।

यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले उठाउँदै आएको समृद्धको नारालाई नेतृ खतिवडाले जनताको आँखामा छारोको संज्ञा दिएकी छिन् ।

Published : Friday, 2018 November 16, 10:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया