किन भयो ओली–प्रचण्डबीच खटपट ? यी मन्त्रीपनि रिसाए

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीमा कुनै सल्लाह नगरी ४ मुलुकमा राजदूतका लागि सिफारिसको निर्णय गरेको खुलासा भएको छ ।

ओलीको दवावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चार देशका लागि राजदूत नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेको उच्च स्रोतले जनाएको छ ।

ओलीले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि आफ्नी साली अन्जान शाक्य र युनाइटेड अरब इमिरेट्स (युएई)का लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिश गर्ने निर्णय गराएका थिए ।

ओलीले राजदूत नियुक्तिमा दिएको दवावप्रति परराष्ट्रमन्त्री ज्ञवालीले पनि सन्तुष्टि जनाएका छैनन् । मन्त्री ज्ञवालीले आफू निकटका नेकपाका नेताहरूसँग ओलीलाई गाली गर्दै आफ्नो निरिहता देखाउने गरेका छन् ।

युएईका लागि राजदूत सिफारिस गरिएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । ढकालबाहेक सबैको सिफारिस राजनीतिक हो । राजनीतिक नियुक्तिका लागि भएको सिफारिसमा ओलीले पार्टीबाट निर्णय नगराएको माओवादी केन्द्र पृष्ठभूमि भएका एक नेताले बताए ।

ओलीले राजदूत नियुक्तिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत कुनै सल्लाह नगरेको एक नेताले बताए । ओलीको यो कार्यशैलीबाट रिसाएका छन् । तर, ओलीको विरोध गरेर पनि प्रचण्डले केही गर्न सक्ने छैनन् ।

ओलीले मलेसियाका लागि पाण्डे र भारतका लागि नीलकण्ठ उप्रेतीलाई राजदूत सिफारिसको निर्णय गरेका थिए । त्यस बेला पनि ओलीले नेकपामा कुनै परामर्श गरेका थिएनन् ।

एमाले पृष्ठभूमि भएका नेताहरूले प्रधानमन्त्री ओलीले आफ्नी साली अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको भन्दै आलोचना गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमा खुलेरै ओलीको आलोचना गरेका छन् । ओली सत्तामा पुग्दा अवसर लिनेमा अञ्जान शाक्य अग्रपंक्तिमा पर्छिन् ।

Published : Friday, 2018 November 16, 11:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया