यी हुन् कांग्रेसभित्र गुट चलाउने युवा नेताहरू, फेरि भयो गोप्य बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका युवा नेताहरूको गोप्य बैठक पुनः बसेको छ ।

काठमाडौंको एउटा होटेलमा शुक्रबार बसेको गोप्य बैठकमा सभापति शेरबहादुर देउवाविरुद्ध नयाँ रणनीति बनाइएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवा समूहको सहभागिता थिएन । सभापति देउवाले कांग्रेसलाई कब्जा गर्ने रणनीति अन्तर्गत गतिविधि गरेको भन्दै त्यसका विरुद्ध मुकाविला गर्ने सहमति भएको छ ।

गोप्य बैठकमा धनराज गुरुङ, गगन थापा, रामकृष्ण यादव, चन्द्र भण्डारी, कमला पन्त, गुरु घिमिरे, बद्री पाण्डे र जीवन परियारको सहभागिता रहेको थियो । पौडेल र सिटौला समूहका युवा नेताहरूको बैठक चन्द्र भण्डारीले आयोजना गरेको एक नेताले बताए । सिटौला समूहका भण्डारीले नै कांग्रेसभित्र मिलेर बसेका युवा नेताहरूलाई गुटबन्दी गरेर हैरान भएका छन् ।

कांग्रेसभित्र गुट उपगुटहरू क्रियाशील भैरहेका बेला चन्द्रभण्डारीले कृष्णप्रसाद सिटौला समूहका तर्फबाट पौडेल समूहलाई नजिक ल्याउन खोजीरहेका छन् । देउवा समूह भने गुटका भेलाहरूमा सक्रिय छैन ।
कांग्रेसभित्र सिटौला समूहले देउवा र पौडेल समूहलाई विभाजन गरेर व्यक्तिगत फाइदा लिन खोजेको भनेर आलोचना समेत हुन थालेको छ ।

यसअघि पनि यी नेताहरूको गोप्य बैठक बसेको थियो । बैठकमा नेविसंघको महाविधेशन र नेपाली कांग्रेसको महासमिति बैठकका बारेमा छलफल भएको थियो ।

Published : Saturday, 2018 November 17, 12:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया