सानेपामा नेविसंघको आक्रामक नारावाजी

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा घेराउ र नारावाजी गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जम्मा भएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्ताहरूले शनिबार कांग्रेस नेतृत्वविरुद्ध नारावाजी गरेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउसो २ बजेका लागि आह्वान गरिएको थियो । बैठक शुरु हुनु अगाडि नै जम्मा भएका नेविसंघका नेता र कार्यकर्ताले नेविसंघको महाविधेशनलाई लिएर नारावाजी गरेका हुन् ।

नेवि संघको १२औं महाधिवेशन नेताहरूको आ–आफ्नै व्यक्तिगत स्वार्थका कारण हुन सकेको छैन । महाधिवेशन हुन नसक्नुमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले एकले अर्कालाई दोष दिँदै आएका छन् ।

सानेपामा दुई गुटमा विभाजित नेविसंघका नेता–कार्यकर्ताहरू महाधिवेशनका सम्बन्धमा देखिएका जटिलतालाई तत्काल समाधान गर्न माग गरेका छन् ।

कांग्रेस सभापति देउवा पार्टी कार्यालयको मूल गेटबाट कार्यालय प्रदेश गर्दा नेविसंघका कार्यकर्ताबीच झण्डै हात हालाहालको स्थिति सिर्जना भएको छ । महामन्त्री डा.शंशाक कोइराला प्रवेश गर्दा भने नेविसंघका नेता तथा कार्यकर्ता संयम बनेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर पार्टी कार्यालय प्रवेश गर्ने बेला स्थिति निकै अशान्त बनेको थियो । बलायरले नेविसंघका नेता तथा कार्यकर्तालाई शान्त बस्न निर्देशन दिएका थिए ।

बलायरको निर्देशनपछि बलायर र नाराबाजीमा उत्रिएका विद्यार्थीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

नेविसंघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहबीच सानेपामा नाराबाजी भएको छ ।

Published : Saturday, 2018 November 17, 8:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया