सर्वसाधारण समक्ष झुक्यो हिमानीको शिर, जितिन् सबैको मन

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरका सर्वसाधारणसँगै पूजा गरेकी छिन् ।

सानेपास्थित बागमती नदी किनारमा शनिबार सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी हुन् । पूजा गर्ने बेला उनले विधिपूर्वक गरेको प्रत्यक्षदर्शीले बताए ।

ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रतको विशेष अवसरमा पूर्वयज्ञराज्ञी शाह पूजामा सहभागी भएकी हुन् ।

पूजामा काठमाडौं उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरू सहभागी भएका थिए । हिमानीले पूजाका क्रममा हरियो परिहन लगाएकी थिइन् ।

व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरूबाट मुक्त हुने विश्वास गरिन्छ ।

Published : Saturday, 2018 November 17, 8:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया