वडाध्यक्षको शव इन्द्रावती नदीमा भेटियो

चौतारा । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको शव भेटिएको छ ।

६६ वर्षीय श्रेष्ठको शव सेती दोबानको झोलुङ्गे पुलमूनि इन्द्रावती नदीको बीचमा भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

वडाध्यक्ष श्रेष्ठको शव प्राथामिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएको छ । प्रहरीले उनको मृत्युबारेमा अनुसन्धान शुरु गरेको छ ।

शनिबार दिउँसो करीव ३ बजेतिर श्रेष्ठको शवलाई इन्द्रावती नदीमा देखेका थिए ।

Published : Saturday, 2018 November 17, 8:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया