कम्युनिस्ट सरकारले दियो राष्ट्रपतिलाई विलासी गाडी किन्न १४ करोड

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडी खरिद गर्ने भएको छ । भण्डारीका लागि गाडी खरिदको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

भण्डारीका लागि औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ ।

राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो । राष्ट्रपति भण्डारीका लागि गाडी १६ करोड माग गरिएको थियो । कम्युनिस्ट सरकारले अहिले १४ करोड ३० लाख रुपियाँ गाडी किन्नकै लागि निकासा गरेको छ । यति ठूलो रकम केही दिनअघि मात्रै रकम निकासा भएको छ ।

०७४ असार २६ को व्यवस्थापिका संसदमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीका लागि १६ करोडको गाडी किन्ने कुनै प्रस्ताव नआएको दाबी गरेका थिए । विलासी गाडीबारे चर्को आलोचना हुँदा तत्कालीन प्रधानमन्त्री जवाफ दिन बाध्य भएका थिए ।

अर्थ मन्त्रालय स्रोतले आठ गाडी किन्न १४ करोड ३० लाख बजेट निकासा भैसकेको जनाएको छ ।

Published : Sunday, 2018 November 18, 10:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया