राजनीतिक दवावमा पाँच सय कर्मचारी नियुक्त

काठमाडौं । वीर अस्पतालमा चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गएिको छ । राजनीतिक पहुँचका आधारमा अस्पतालमा ५ सय कर्मचारी नियुक्ति गरिएको हो ।

अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । सेवा आयोगलाई निष्क्रिय बनाउँदै अस्पतालका उच्च पदाधिकारीहरूले तीन वर्षमा आफूखुसी ४८५ कर्मचारी भर्ना गरेका हुन् ।

कार्यालय सहायकदेखि चिकित्सकसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पताल र वीरअन्तर्गत रहेको ट्रमा सेन्टरमा ती कर्मचारी भर्ना गरिएको छ ।

भर्ना हुनेमा उच्चपदस्थका आफन्त तथा निकटस्थ रहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । सेवा आयोगले २०७२ असोज यता कसैलाई पनि नियुक्ति गरेको छैन । तर त्यसयता वीर अस्पताल र सोअन्तर्गत रहेको ट्रमा सेन्टरको विभिन्न विभागमा ४८५ जना कर्मचारी थपिएका छन् ।

नियम मिचेर भर्ना गरिएका कर्मचारीको सेवा सुविधामा राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ खर्च भइरहेको छ । मनोमानी थपिएका कर्मचारीमध्ये वीर अस्पतालमा २५८ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२७ जना कार्यरत छन् ।

गैरकानूनी थपिएका कर्मचारीमध्ये वीर अस्पतालमा २५८ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२७ जना कार्यरत छन् ।

अस्पताल प्रशासनका अनुसार विगत तीन वर्षको अवधिमा वीर अस्पतालमा सरकारद्वारा स्वीकृत दरबन्दीभन्दा ९४ जना बढी कर्मचारीलाई नियुक्ति दिइएको छ ।

६६ जनालाई करारमा, ९६ जनालाई मासिक ज्यालादारीमा र दुई जनालाई दैनिक ज्यालादारीमा नियुक्ति दिइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा स्वीकृत दरबन्दीभन्दा सय जना बढीलाई नियुक्ति दिइएको छ । मासिक ज्यालादारीमा ११३ जनालाई नियुक्त गरिएको छ । यस्तै करारतर्फ १४ जना राखिएको छ ।

Published : Sunday, 2018 November 18, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया