ओलीको नयाँ स्टेपले मन्त्रीहरू डरले थुरुरु, सचिवहरू दङ्ग

काठमाडौं । कम्युनिस्ट सरकारका मन्त्रीहरूले कार्यसम्पादन राम्रोसँग नगरेको, आर्थिक अनियमिततामा मात्रै लागेको, जनताको काम नगरेको जस्ता आरोप खेपी रहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रीहरूमाथि कडाइ गर्ने भएका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले मंसिर ५ देखि मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन आफै गर्नेछन् । सरकारलाई प्रभावकारी बनाउन उनले मन्त्रीहरूमाथि नै कडाई गर्न लागेको स्रोतले जनाएको छ ।

ओलीले हरेक मन्त्रालयको प्रगति विवरण मागेर मंसिर ५ गतेदेखि मन्त्रीको समीक्षा गर्नेछन् । मन्त्रीहरूको प्रगति विवरण अनुगमन गर्न प्रधानमन्त्री ओलीले मोबाइल ‘एप’ समेत बनाइसकेका छन् ।

सरकारको काम प्रभावकारी हुन नसकेपछि ओली मन्त्रीहरूप्रति रुखो बन्न थालेका हुन् । प्रधानमन्त्री ओलीकै अगाडि बसेर मन्त्री र सचिवले जवाफ दिनुपर्ने भएपछि सबै मन्त्रालयले अहिलेसम्मका कामका विवरण र आगामी कार्ययोजना तयार पारिरहेको जनाइएको छ ।

अनुगमनका क्रममा मन्त्रालयको काम सन्तोषजनक रुपमा गरेको नपाए ओलीले मन्त्रीहरूलाई हटाउने सम्मको योजना बनाएका छन् ।

Published : Sunday, 2018 November 18, 12:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया