सिंहदरबारभित्रै कांग्रेसले माग्यो निर्मला हत्याबारे जवाफ, गृहमन्त्री बोल्नै मानेनन्

काठमाडौं । निर्मला पन्तको हत्या र अनुसन्धानका बारेमा कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले पछिल्लो जानकारी दिन अस्वीकार गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो जानकारी माग गरेका थिए । तर, गृहमन्त्री थापाले पन्तको हत्याकाण्डका बारेमा भैरहेको प्रगतिका विषयमा बोल्न चाहेनन् ।

समितिका सदस्य एवम् सांसदद्वय देवेन्द्रराज कँडेल र प्रेम सुवालले पन्त हत्याको अपडेट माग गरेका थिए । कँडेल नेपाली कांग्रेस र सुवाल नेपाल मजदुर किसान पार्टीका सांसद हुन् । कांग्रेसले निर्मला पन्तका दोषीलाई करबाहीका लागि कम्युनिस्ट सरकारलाई दवाव दिँदै आएको छ ।

गृहमन्त्री थापाले समितिको बैठकमा नागरिकता ऐन संशोधन विधेयकको छलफल भएको भन्दै निर्मला पन्त हत्याकाण्डका बारेमा जवाफ नदिएका हुन् । ‘यो विषय माननीयहरुले गम्भीर रुपमा उठाउनुभयो’, थापाले भने, ‘आज यो विषयमा छलफल गर्दा उपयुक्त नहोला ।’

Published : Sunday, 2018 November 18, 5:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया