प्रहरी चकित पर्ने अवस्थामा फेला परे हाइप्रोफाइल यी व्यापारीहरु

काठमाडौं । हाइप्रोफाइल व्यापारीहरु काठमाडौंमा जुवाको अखडाबाट पक्राउ परेका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक होटेलबाट प्रहरीले १३ जना व्यापारी पक्राउ परेको थियो ।

शनिबार राति मिराज होटलमा जुवा खलिरहेका बेला बत्तीसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारीलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय ८० भारतीय रुपैयाँ बरामद भएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका व्यापारीमध्ये कतिपय भारतीय मूलका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा मनोजकुमार चितलांग, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार एलन, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेमानी, जगदीश कुमार, मनीषकुमार नेमानी, विकासकुमार नेमानी र मनोजकुमार तितवाल रहेको प्रहरीले जनाएको छ ।

हाइप्रोफाइल व्यापारीहरु नाम चलेकै होटेलमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेपछि उनीहरुका आफन्त तनावमा परेका छन् । पक्राउ परेका व्यापारीलाई छुटाउन प्रहरीलाई दवाव परेको स्रोतले जनाएको छ ।

Published : Sunday, 2018 November 18, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया