एक महिनादेखि कहाँ छन् ओली ? आफ्नै कार्यालय सुनसान

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली दशैँदेखि एक दिन पनि सिंहदरबारस्थित आफ्नो कार्यालय प्रवेश नगरेको खुलासा भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली एक महिनादेखि नगएका हुन् । ‘दशैँदेखि प्रधानमन्त्रीज्यू एक दिन पनि प्रधानमन्त्री कार्यालयमा आउनु भएको छैन’, स्रोतले भन्यो, ‘सबै काम बालुवाटारस्थित सरकारी निवासबाट गर्नुभएको छ । सबै फाइल उतै मगाउनु हुन्छ ।’

प्रधानमन्त्री ओली सिंहदरबार नआए पनि उनका सल्लाहकार र सहयोगीहरूले दिनभरि हालीमुहाली गर्ने गरेको एक कर्मचारीले बताए ।

सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ । तर, प्रधानमन्त्री बैठकमा आउने वा नआउने भन्ने कुनै टुंगो छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ ।

बैठक सिंहदरबारमा हुनेछ । ओली बैठकमा सहभागी हुने वा नहुने अनिश्चित छ । प्रधानमन्त्री ओलीले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका आरोप छ ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्री कार्यालयका मुख्य सचिव तथा सचिवहरूले सिंहदरबारको प्रशासनिक कार्यमा प्रधानमन्त्री ओलीलाई सहयोग गर्दै आएका छन् ।

Published : Monday, 2018 November 19, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया