राष्ट्रपतिकी सम्धिनीका कुराले कांग्रेसको महासमितिमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ शीर्ष र प्रभावशाली नेतासँग गरेको सहमति उल्टाएका छन् ।

सहमति अनुसार सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जनामा सबै निर्वाचित गर्ने र कोषाध्यक्ष र प्रवक्ता १–१ जनालाई सभापतिले मनोनीत गर्ने भनिएको थियो ।

बुधबार दिउँसो १२ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय कार्य समिति. बैठकमा उनी पक्षधर नेताहरु केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, किशोरसिंह राठौर, महेन्द्र यादव, सीता गुरुङ र महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारीमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने भन्दै अड्डी कसेका छन् ।

उनीहरूले अवरोध र असहमति जनाउँदा समेत शर्माले कसैलाई पनि रोकेनन् । बैठक बाहिर डिना र सिताले भने सभापति देउवाले यस्तो सहमति कार्यान्वयन गर्न खोजेमा आफूहरु पनि सभापति मा उम्मेदवार बन्ने चेतावनी दिएका थिए ।

उनीहरूकै भनाईमा लोलीमा बोली मिलाउँदै राष्टपति विद्यादेवी भण्डारीका सम्धिनी किरण यादवले समेत समानुपातिक पदाधिकारीमा हुनु पर्ने माग गरिन । किरण यादवले १० वर्षअघि सांसद हुँदा कांग्रेसको क्रियाशील सदस्यता लिएको १० वर्ष पनि भएको थिएन ।

Published : Thursday, 2018 December 20, 8:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया