कांग्रेसीहरूले सम्झिए सन्त नेता कृष्णप्रसाद भट्टराईलाई

काठमाडौं । नेपाली कांग्रेसका सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९५औं जन्मजयन्ती शुभेच्छुकहरूले विभिन्न कार्यक्रम गरेर स्मरण गरेका छन ।

सन्त नेता भट्टराईको आजकै दिन ९५ वर्ष अगाडि भएको थियो । नेपाली कांग्रेसको सभपति हुँदै देशको प्रधानन्त्री बनेका भट्टराईले ०४६ सालको जनआन्दोलनमा ठूलो भूमिका खेलेका थिए ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले स्वर्गीय भट्टराईको जन्मजयन्ती मनाएको काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईज्यूले नेपाली समाज र परिवर्तनका लागि दिनुभएको योगदान स्मरणीय छ’, शर्माले भने, ‘उहाँले देखाउनु भएको मार्गदर्शनमा हामी हिँडन सक्नुपर्छ ।’

सन्त नेता भट्टराईका लागि देश सबैभन्दा ठूलो थियो । नेपालको संस्कृति, सभ्यता, पहिचान ठूलो थियो । उच्च नैतिकता, इमान ठूलो थियो ।

सन्त नेता भट्टराईलाई संझदै गर्दा देशमा यी मूल्य र मान्यताहरू ह्रास भैरहेको स्थितिमा प्रजातन्त्रमाथि विश्वास गर्ने सबैले आफूलाई यो कशीमा कहाँ छौ मूल्यांकन गर्नुपर्ने कांग्रेसका नेताहरूको भनाइ छ ।

सन्त नेता भट्टराईका यी मूल्य र मान्यताको जगलाई मजबुत गर्न शुभेच्छुकहरूले आह्वान गरेका छन ।

भट्टराईले जीवनको अन्तिम समय ललितपुरको बाँडेगाउँमा विताएका थिए ।

Published : Saturday, 2018 December 22, 11:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया