दाङ बस दुर्घटनामा तेइसको मृत्यु, सनाखतपछि शव बुझदै

घोराही । दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तेइस जना पुगेको छ । सनाखत भएका शवहरू आफन्तले बुझेर लगेका छन ।

शनिबार बिहान उपचारका क्रममा एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तेइस पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर–सल्यान सडक खण्डमा तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस दुर्घटना हुँदा यति धेरै मानवीय क्षति भएको हो । बस सडकबाट ६–७ मिटर तल खोल्सामा खसेको थियो ।

मृत्यु भएकाहरूको सनाखत हुने क्रम शुरु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा ५ महिला १० पुरुष गरी १५ जना घाइतेको उद्धार गरिएको थियो । राप्ती अंचल अस्पताल तुलसीपुर दाङमा थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा घाइतेहरूलाई पठाइएको छ ।

बसमा विद्यार्थी ३३, शिक्षक २, चालक १ र सहचालक १ गरी ३७ जना सवार थिए ।

मृत्यु हुनेमा जुम्ला चंन्दननाथ ६ का १६ वर्षीय कुसुम रावल, दाङ बबई ५ कि २१ वर्षीया कविता खत्री, जाजरकोट भेरीगंगा ४ का १७ वर्षीय आतीष नेपाली, कन्चनपुर कृष्णपुर ५ का १७ वर्षीय खेमराज भट्ट, जुम्ला चन्दननाथ ३ का १७ वर्षीय हिक्मत बोहरा, दाङ घोराही १७ का २८ वर्षीय प्रदीप घमिरे, दाङ दंगिशरण १ का २० वर्षीय संजित रतगैया, जुम्ला कन्कासुन्दरी ५ घर भएका २० वर्षीय वीरेन्द्र कडारा, रुकुम भूमे ६ का २८ वर्षीय नरेश वली, दाङ घोराही १४ का १९ वर्षीय विजय घर्ती, जुम्ला हिमा ५ का १७ वर्षीया शैलजा शाही र दाङ घोराही ३ का २६ वर्षीय मदन खत्री क्षेत्रीको मृत्यु सनाखत भएको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ ।

जुम्ला तातोपानी हिमाली हमाल, चन्दनाथका कुशेन्द्र खत्री, कैलाली टीकापुरकी समीक्षा रोकाया, अछाम मंगलसेनका बिक्रम भण्डारी, रुकुम त्रिबेणीका प्रेमबहादुर खड्का, दाङ घोराही स्यूजाकी मनिका रिजाल, जुम्ला चन्दनाथका जीवन भण्डारी, वर्षा रोकाया, अछाम मंलगसेनका युवराज ढुंगाना, रुकुम सानीभेरीकी रोजिना पुन, दाङ घोराहीका संजय खनाल, रुकुम सानिभेरीका राजन डाँगी, अछाम मंगलसेनका भद्र बिष्ट र रोल्पा परिवर्तनका प्रकाश वलीको उपचार भैरहेको छ ।

Published : Saturday, 2018 December 22, 11:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया