कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको मस्यौदा पेस

काटमाठौं । नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यादौ प्रस्ताव समितिले विधान पेश गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालय शनिबार बसेको महासमिति बैठकमा महामन्त्री खड्काले विधान संशोधनको मस्यौदा पेस गरेका हुन् ।

कांग्रेसको विधान संशोधन गर्न पदाधिकारी र सदस्यहरु थप गर्ने प्रस्ताव गरिएको छ ।

नेपालको संविधानअनुसार कांग्रेसलाई संघीय संरचनामा लगिनेछ । शीर्ष नेताहरुबीच विधानमा विवाद थियो ।

शुक्रबार साँझ सहमति भएपछि विधानलाई बल्ल महासमिति बैठकमा पेस गरिएको हो ।

Published : Saturday, 2018 December 22, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया