कांग्रेसको नयाँ विधानमा यस्ता छन विशेषताहरू

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानमा धेरै कुराहरू समावेश भएका छन ।

संशोधनका लागि महासमितिको बैठकमा पेश भएको कांग्रेसको विधानले पार्टीलाई नयाँ संरचनामा लैजानेछ । कांग्रेसको संशोधित विधानले बल्ल संघीय नेपाल चिन्नेछ ।

विधानमा अब पदाधिकारी १४ रहनेछन । कोषाध्यक्ष मात्रै मनोनीत, अरू सबै निर्वाचित, आठ सहमहामन्त्री महिला, मधेसी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, खस–आर्य र पिछडिएको क्षेत्रसहितका क्लस्टरबाट निर्वाचित ।

यसअघि पाँच तह रहेकोमा अब बुथ, प्रदेश निर्वाचन क्षेत्रीय समिति र प्रदेश समिति नयाँ थप हुँदा कांग्रेसमा आठवटा पार्टी तह हुने भएका छन ।

यसअघि साधारण सदस्य मात्रै भनिने गरेकोमा अब कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने भएका छन । कांग्रेसको सदस्य पाएको एक वर्षमा क्रियाशील सदस्य पाइनेछ ।

पहिलेको मस्यौदामा केन्द्रमा जस्तै प्रदेशमा पनि महाधिवेशन हुने उल्लेख थियो । तर, संशोधित विधानको मस्यौदामा प्रदेशमा पनि अधिवेशन हुने भन्ने उल्लेख छ ।

एउटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष समावेशी कोटामा १० जना र क्षेत्रीय समितिका सभापति पदेन सदस्य गरी एउटा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिन्छन ।

Published : Sunday, 2018 December 23, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया