देउवाले कांग्रेस कार्यकर्तालाई दिएको निर्देशन बालुवाटारसम्म गुन्जियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।

नेपाली कांग्रेसको महासमिति बैठकलाई आइतबार साँझ पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै देउवाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी आन्तरिक तयारी गरेको छ ।

कांग्रेसले ओली सरकारले निरंकुशता लाद्न खोजेको आरोप लगाएको छ । सभापति देउवाले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए ।

‘ओली सरकार आज बदमासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ’, देउवाले भनेन, ‘यसको विरुद्धमा आन्दोलन गर्ने दिन आउँदैछ । सब साथीहरू तयार हुनुपर्छ ।’

सभापति देउवाले भने, ‘आफ्ना पार्टीका मान्छेहरूलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्लान ?’

नेकपाको स्थायी समितिको बैठकमा भैरहेको विवादतर्फ देउवाको संकेत थियो ।

Published : Sunday, 2018 December 23, 9:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया