डा.शेखर कोइरालाको जवाफले ठहरै परे प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कांग्रेसका नेताहरूले उठाएको हिन्दू राष्ट्रका विषयमा बहस भएको छ ।

सोमबार त्रिभुवन विमानस्थलको भीआइपी कक्षमा डा.कोइराला र प्रचण्डबीच हिन्दू राष्ट्रका विषयमा घोचपेच भएको हो । डा.कोइराला विराटनगर तथा प्रचण्ड चितवन जाने क्रममा विमानस्थलमा भेट भएको स्रोतले जनाएको छ ।

प्रचण्डले कांग्रेस नेता डा.कोइरालालाई कांग्रेस पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको बहस किन गरेको भनेर प्रश्न गरेका थिए । प्रचण्डको यस्तो प्रश्न सुनेपछि डा.कोइरालाले तपाईहरूले होटेलमा बास बसेर किन होली वाइन खाएको नि ? भनेर जवाफ दिएका थिए ।

डा.कोइरालाले प्रचण्डलाई क्रिश्चियनको कार्यक्रममा सहभागी हुने अनि कांग्रेसलाई हिन्दू राष्ट्रको कुरा उठायो भनेर भन्ने बताएको स्रोतले जनाएको छ ।

नेकपाले सरकारसमेत लागेर एशिया प्यासिफिक समिट किन गरेको भन्दै डा.कोइरालाले प्रधानमन्त्री केपी ओली सोल्टी होटलमा किन बास बसेको भनेर प्रचण्डलाई प्रश्न सोधेका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले डा. कोइरालाको प्रश्नको सामना गर्न सकेनन् । एशिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर प्रचण्ड पनि सन्तुष्ट छैनन् ।

कांग्रेस नेता डा. कोइरालाले प्यासिफिक समिटको प्रश्न सोधेपछि प्रचण्डले यो सम्मेलनलाई पार्टीमा दुईजना बाहेक अरु कसैले सपोर्ट नगरेको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।

प्रचण्डले केपी ओली र माधव नेपाल मात्रै होली वाइन खाने क्रिश्चियनको कार्यक्रममा सहभागी भएको घुमाउरो भाषामा कांग्रेस नेता डा.कोइरालालाई बताएका थिए ।

Published : Monday, 2018 December 24, 9:47 pm

1 प्रतिकृया प्राप्त “डा.शेखर कोइरालाको जवाफले ठहरै परे प्रचण्ड”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया