डा.शेखर कोइरालाद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

विराटनगर । कम्युनिस्ट सरकारले राष्ट्रपतिलाई बिलासी गाडी र हेलिकप्टर खरिद गरिदिएर विवादमा आइरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले मोरङको एक दलित बस्तीमा पुगेर गरिव परिवारहरूलाई न्यानो कपाडा वितरण गरेका छन ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ को मुसहर बस्तीमा डा.कोइरालाले मंगलबार करीव दुई सय पच्चीस घरका दलित पुरिवारलाई न्यानो कपडा वितरण गरेर गरिव जनताको आशीर्वाद लिएका हुन ।

पुस महिनाको जाडोमा कठिन गरेर रात विताउँदै आएका दलित बस्तीका मुसहरले न्यानो कपडा पाएपछि थोरै भए पनि राहत महशुस गरेका छन ।

न्यानो कपडा वितरण गर्न डा.कोइराला पत्नी पुनम कोइराला र मोरङ कांग्रेसका नेता तथा कार्यकर्ताहरू सहित मुसहर बस्तीमा पुगेको सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । डा.कोइरालाले ब्ल्याङकेटसहितका न्यानो कपडा वितरण गरेका हुन ।

झण्डै दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकार र सत्तारुढ दलका नेताहरूले गरिव जनताको दुःखकष्ट बुझन नसकेको भनेर आलोचना बढिरहेका बेला नेपाली कांग्रेसका नेता डा.कोइरालाले आफनो गृहजिल्ला मोरङका दलित र गरिव परिवारलाई सानो भए पनि सहयोग गरेर धेरैको मन जितेका छन ।

Published : Tuesday, 2018 December 25, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया