नमूना मन्त्रीहरू हुँदा पनि ओली सरकारले माखो मार्दैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले इतिहाँसकै बलियो सरकारका प्रधानमन्त्री केपी ओलीले चार बाँकी रहेको वर्षसम्म पनि कुनै माखो नमार्ने टिप्पणी गरेका छन ।

स्याङजा जिल्लाको चापाकोटमा केही दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले इतिहाँसकै बलियो र शक्तिशाली प्रधानमन्त्री हुँदा पनि ओली केही गर्न नसक्ने बताए ।

ओलीले नेपाली कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्ष दल पाउँदा पनि जनता समक्ष निर्वाचनका बेला गरेको बाचा पूरा गर्न नसकेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीजीका लागि सबैभन्दा सजिलो छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस छ’, थापाले भने, ‘प्रतिपक्ष बोल्दैन । प्रतिपक्ष आवाज उठाउँदैन । विरोध गर्दैन । घर बाहिर पनि प्रधानमन्त्रीलाई सबैभन्दा सजिलो प्रमुख प्रतिपक्ष दल कांग्रेस नै हो ।’ ओलीलाई व्याङग्य गर्दै कांग्रेसका युवा नेता थापाले ओलीलाई आफनो दलबाट भन्दा पनि प्रमुख विपक्षी दल कांग्रेसबाट सहयोग रहेको बताए ।

‘जनताको बीचको लोकप्रियता जनताको समर्थन र साथ त्यो कोणबाट हेर्ने हो भने आजभन्दा तीन चार महिना अगाडिसम्म प्रधानमन्त्री केपी ओलीले जसरी गर्दा साथ र समर्थन पाउनु भयो त्यस्तो समर्थन नेपालमा कसैले पाएको थिएन’, युवा नेता थापाले भने, ‘बिपी कोइरालाले पनि यतिधेरै साथ र समर्थन पाउनु भएको थिएन ।’

‘बिपी कोइरालाले साथ र समर्थन पाउँदै गर्दा घर बाहिर बिपी कोइरालालाई तरबार लिएर बसेको राजा थियो । गिरिजाप्रसाद कोइरालाले पाउँनु भएको थियो होला । गिरिजाप्रसाद कोइरालाले साथ र समर्थन पाउँदै गर्दा घरभित्र समस्या थियो’, उनले भने, ‘आज नेपालमा दुई तिहाईको सरकार छ । सबैभन्दा बलियो अवस्थामा समर्थन प्रधानमन्त्री ओलीले पाउनु भएको छ ।’

युवा नेता थापाले अगाडि भने, ‘कम्युनिस्टहरूसँग भएको सबैभन्दा उत्कृष्ठ वुद्धिजीवी आजको दिनमा अर्थमन्त्री युवराज खतिवडा ओली सरकारमा हुनुहुन्छ । कम्युनिस्टहरूसँग भएको मध्येको सबैभन्दा ठूलो सर्वहारा साइकल चलाउने मन्त्री लालबाबु पण्डितजी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहन्छ ।’

‘सबै विचित्र विचित्र मानिसहरूको विचित्र मन्त्रिमण्डल हो यो । यसले हाम्रो नेपाललाई अर्को तहमा पु¥याउनु पर्ने हो । तर पुर्‍याउँदैन’, कांग्रेस नेता थापाले भने, ‘चार वर्ष हामीले यही अवस्था व्यहोर्नुपर्ने हुन्छ । यो अवस्था व्यहोर्दै गर्दा नेपाली कांग्रेसले तयारी गर्छ । जनतालाई भरोसा दिन्छ । चार वर्षपछिको कांग्रेसको अवस्था बदलिन्छ । बदल्नै पर्छ ।’

दुई तिहाईको ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम गर्न नसकेको भनेर आफनै दलभित्रैबाट आलोचना भैरहेका बेला नेपाली कांग्रेसका युवा नेता थापाको अभिव्यक्तिले ओली सरकारलाई झस्काइदिएको छ ।

Published : Wednesday, 2018 December 26, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया