कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसले मोर्चा कसेपछि ओलीलाई तनाव

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध नेपाली काग्रेसले मोर्चालाई कसिलो बनाउँदै लगेको छ ।

महासमिति बैठकबाट सरकारविरुद्ध कठोर रणनीति बनाउने पक्षमा पुगेको कांग्रेसले केपी ओली नेतृत्वको दुई तिहाईको सरकारलाई दवाव दिने पक्षमा पुगेको हो ।

सरकारले जनताको अपेक्षाहरू पूरा नगरेको कांग्रेसको आरोप छ । कांग्रेसले मुलुकमा शान्ति सुरक्षा बिग्रिएको आरोप लगाउँदै आएको छ । त्यति मात्रै होइन कांग्रेसले निर्वाचनका बेला मतदाता समक्ष गरेको बाचालाई नेकपाले भुलेको बताउँदै आएको छ ।

कांग्रेसले मूल्य वृद्धि रोक्नुपर्ने माग पनि गर्ने गरेको छ । यी समग्र विषयमा कांग्रेसले सरकारलाई दवाव दिन र आफनो शक्ति देखाउन पुसको १६ गते विशेष प्रदर्शनको तयारी गरेको छ ।

पुस १६ गते मेलमिलाप दिवस पर्छ । त्यही मेलमिलाप दिवसका अवसरमा सरकारविरुद्धको प्रदर्शनलाई सशक्त बनाउने पक्षमा रहेको उपसभपाति विमलेन्द्र निधिले बताएका छन ।

कांग्रेसले सरकारविरुद्धको रणनीति बनाउन बुधबार पदाधिकारीहरूको बैठक समेत बोलाएको छ । बैठकमा संसदमा पनि कांग्रेस कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ ।

कांग्रेसले आफूलाई पहिला जस्तो प्रतिपक्षका रुपमा प्रस्तुत गर्ने छैन । कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा व्यवहार गर्ने जनाएको छ ।

Published : Wednesday, 2018 December 26, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया