यी हुन् युवती भनेपछि हुरुक्कै हुने सेक्सी ‘बाबा’, थरीथरीका काण्ड

हेटौंडा । कथित लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनले युवतीहरु बेपत्ता बनाएको भन्दै परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।

यौनकाण्ड, महिला तथा युवतीहरुको विवादमा परिरहने बम्जनको क्रियाकलापहरु शुरुवाती दिनदेखिनै शंकास्पद थिए ।

बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको भन्दै परिवारजनले उजुरी गरेका हुन् । आश्रमबाट फूलमाया रुम्बा र कर्म वाइबालगायतका युवतीहरु बेपत्ता भएका छन् ।

विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करीज ५ वर्षदेखि खोजी गर्दा नभेटिएको भन्दै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनीहरुले अलग अलग निवेदन दिएका छन् ।

बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको आफन्तले बताएका छन् । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाई विजयले बताए ।

अन्य दुई आनी पनि बेपत्ता भएको जनाइएको छ । रुम्बाले दिदीको खोजी गरिरहेको भए पनि फेला नपारेको बताएका छन् ।

२०७२ सालको भूकम्पपछि रुम्बाकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । फागुनदेखि आश्रममा नआएको भनेर फिर्ता पठाइएको थियो ।

फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करीव ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ ।

मकवानपुरको पदमपोखरी, वनस्पतिका महेन्द्र वाइबाले आफ्ना बुबा सञ्चलाल तपस्यास्थलबाट बेपत्ता भएको बताएका छन् ।

२०७० सालमा तपस्वी बम्जनसँग हिँडेका वाइबाको परिवारसंँग २०७१ चैत १५ गते फोन सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क भएको छैन ।

सिन्धुपाल्चोकस्थित बम्जनको तपस्यास्थल पुगेर छोरा महेन्द्रले खोजतलास गर्दा फेला पार्न सकेका थिएनन् ।

खोज तलास गर्दा समेत फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको महेन्द्रले बताएका छन् । डीएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिरहेको बताएका छन् ।

केही महिला अगाडि पनि बम्जनको आश्रमबाट भागेर बाहिर आएकी एक युवतीले पत्रकार सम्मेलन गरेर बम्जनले आफूलाई जबरजस्ती यौनसम्पर्क गरेको आरोप लगाएकी थिइन् ।

सेतोपाटी डटकमले पनि बम्जनका बारेमा लामो स्टिङ अप्रेशन गरेर युवतीहरुको हत्यार र यौनकाण्ड मच्चाएको रिपोर्ट बुधबार सार्वजनिक गरेको छ ।

तस्बिरमा रहेका दुई युवतीहरु बेपत्ता रहेको भन्दै सेतोपाटी डट कमले बुधबार तस्बिर सार्वजनिक गरेको थियो ।

Published : Thursday, 2018 December 27, 3:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया