कांग्रेसले मेलमिलाप दिवस भव्य रुपमा मनाउने, तोकियो प्रतिनिधि

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउन केन्द्रीय सदस्यहरुलाई ७७ जिल्ला केन्द्रीय प्रतिनिधिहरुको रुपमा खटाएको छ ।

कांग्रेसद्धारा बिहीबार जारी विज्ञप्तिअनुसार पुस १६ गते मनाउन लागिएको ४३औँ दिवसका लागि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित जिल्ला खटाइएको हो ।

विक्रम संवत २०३३ साल पुस १६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौह पुरुष स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसको अवसरमा पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउने सभापति शेरबहादुर देउवाले घोषणा गरेका थिए ।

दिवसमा कांग्रेसले आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम व्यापक र वृहत रुपमा संचालन गरी मनाउने जनाएको छ ।

000

पौष १२, २०७५

प्रेस विज्ञप्ति

वि.सं. २०३३ साल पौष १६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौह पुरुष स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति श्री शेरबहादुर देउवाद्वारा घोषणा समेत भएको थियो ।

उक्त दिवस विविध प्रभावकारी कार्यक्रमहरु (आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम) व्यापक र वृहत रुपमा संचालन गरी मनाउन पार्टीले ७७ वटै जिल्लामा देहाय बमोजिमका केन्द्रीय प्रतिनिधि तोकेको छ ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटिनु भएका केन्द्रीय प्रतिनिधिहरु

1. ताप्लेजुङ – सुजाता परियार
2. पाँचथर डा. – डिला संग्रौला
3. इलाम – महेन्द्र यादव
4. झापा – कृष्णप्रसाद सिटौला
5. संखुवासभा – मानबहादुर विश्वकर्मा
6. तेह्रथुम – भीष्मराज आङ्दम्वे
7. भोजपुर – अमृत अर्याल
8. धनकुटा – सरिता प्रसाई
9. मोरङ – डा. प्रकाशशरण महत
10. सुनसरी – महेश आचार्य
11. सोलुखुम्बु – कल्याणकुमार गुरुङ
12. खोटाङ – केशवकुमार बुढाथोकी
13. ओखलढुंगा – बलबहादुर के.सी.
14. उदयपुर – आनन्दप्रसाद ढुंगाना
15. सप्तरी – डा. मिनेन्द्र रिजाल
16. सिरहा – विमलेन्द्र निधि
17. दोलखा – किशोरसिंह राठौर
18. रामेछाप – किरण यादव
19. सिन्धुली – पुष्पा भुसाल
20. धनुषा – धनराज गुरुङ
21. महोत्तरी – सीतादेवी यादव
22. सर्लाही – डा. शेखर कोइराला
23. रसुवा – शिवप्रसाद हुमागाँई
24. धादिङ – डा. रामशरण महत
25. नुवाकोट – रमेश रिजाल
26. काठमाडौं – शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
27. भक्तपुर-  ईश्वरी न्यौपाने
28. ललितपुर – उमाकान्त चौधरी
29. काभ्रे – अर्जुननरसिंह के.सी.
30. सिन्धुपाल्चोक – अम्बिका बस्नेत
31. मकवानपुर – गुरूराज घिमिरे
32. रौतहट – फर्मूल्लाह मंसुर
33. बारा – महालक्ष्मी उपाध्याय ‘डिना’
34. पर्सा – प्रकाशमान सिंह
35. चितवन – ज्ञानेन्द्रबहादुर कार्की
36. गोरखा – रामचन्द्र पौडेल
37. मनाङ – सीता गुरुङ
38. लम्जुङ – शंकर भण्डारी
39. कास्की – पूर्णबहादुर खड्का
40. तनहुँ – कमला पन्त
41. स्याङजा – अर्जुनप्रसाद जोशी
42. गुल्मी – रामकृष्ण यादव
43. पाल्पा – डा. नारायण खड्का
44. अर्घाखाँची – देवेन्द्रराज कँडेल
45. नवलपुर – सुरेन्द्रराज पाण्डे
46. नवलपरासी – दिलबहादुर घर्ती
47. रुपन्देही – गोपालमान श्रेष्ठ
48. कपिलवस्तु – बालकृष्ण खाँण
49. मुस्ताङ – चित्रलेखा यादव
50. म्याग्दी – जीवन परियार
51 बाग्लुङ – हरिप्रसाद नेपाल
52. पर्वत – दीपक गिरी
53. रूकुम – (पूर्व) बालकृष्ण पाण्डे
54. रूकुम – (पश्चिम) शिला शर्मा खड्का
55. रोल्पा – बीरबहादुर बलायर
65 प्यूठान – रत्न शेरचन
57 सल्यान – पार्वता डी.सी. चौधरी
58. दाङ – मोहनबहादुर बस्नेत
59. डोल्पा – जीवनबहादुर शाही
60. मुगु – हसन अन्सारी
61. जुम्ला – गगनकुमार थापा
62. कालिकोट – लक्ष्मी परियार
63. हुम्ला – बहादुर सिंह (लामा) तामाङ
64. जाजरकोट – प्रदीप पौडेल
65. दैलेख – गोविन्द भट्टराई
66. सुर्खेत – श्यामकुमार घिमिरे
67. बाँके – मीन विश्वकर्मा
68. वर्दिया – डा. चन्द्र भण्डारी
69. बाजुरा – दिलेन्द्रप्रसाद बडू
70. अछाम – हृदयराम थानी
71. बझाङ – आनन्द (गोरख) विष्ट
72. डोटी – नवीन्द्रराज जोशी
73. कैलाली – रमेश लेखक
74. दार्चुला – बद्रीप्रसाद पाण्डे
75. बैतडी – अतहर कमाल मुसलमान
76. डडेल्धुरा – एन.पी. साउँद
77. कञ्चनपुर – अजयकुमार चौरसिया

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 

Published : Thursday, 2018 December 27, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया