गगन थापा बोल्दै गर्दा माइक काटेपछि संसदमा कांग्रेसद्वारा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगनकुमार थापाले बोल्दै गर्दा माइक काटिएको विषयमा कांग्रेसले विरोध गरेको छ ।

शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले तीन मिनटको समय दिएका थिए । सांसद थापाले आफनो मोबाइलको घडी हेरेर कम्युनिस्ट सरकारका गलत क्रियाकलापहरूको भण्डाफोर गरेका थिए ।

नेपाली कांग्रेसका सांसद थापाले बोल्दै गर्दा माइक काटिएको थियो ।

तीस सेकेण्ड समय हुँदा हुँदै सभामुखले माइक काटेपछि कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले उभिएर संसद भवनभित्र रहेको घडी बिग्रिएको र अव्यवस्थाको विरोध गरेका थिए ।

उनले गगन थापाले बोल्दै गर्दा समय हुँदाहुँदै किन माइक काटेको भनेर आपत्ति जनाए ।

त्यसपछि सभामुख महराले प्राविधिक विषयमा समस्या भएको भन्दै सचिवालयलाई घडी बनाउन निर्देशन दिएका थिए ।

कांग्रेसका युवा नेता थापाले शेरबहादुर देउवाले नेतृत्वको गरेको सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी विधेयकलाई छलेर प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गरेको भन्दै विरोध गरे ।

संसदलाई छलेर ओली सरकारले अध्यादेशबाट कर्मचारी समायोजन गर्न खोजेको भन्दै विभेदकारी अध्यादेश फिर्ता गरेर कर्मचारी समायोजन विधेयक सदनमा पेश गर्न कांग्रेसका सांसद थापाले कम्युनिस्ट सरकारलाई चेतावनी दिए ।

Published : Friday, 2018 December 28, 1:43 pm

2 प्रतिकृया प्राप्त “गगन थापा बोल्दै गर्दा माइक काटेपछि संसदमा कांग्रेसद्वारा हँगामा”

  • नेपालीले राजनीति गर्ने भनेको कुर्सिको लागि हो जस्ले माइक काटे पनि जसले सरकार चलाएपनी भ्रष्टाचार हुन्छ जनता मारमा पर्छन नेपाल अझै गरिब हुने पक्का छ

  • Sabai sarkar baamey kai xa usko birodhmaa bolda gagan sir ko goli jasto boli pachema hola tei vayara katyo hola maaek

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया