मुनकी पत्नीले बाँडेको गहुँत खाएर विकास हुँदैनः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीले गफ गरेर समय विताउने गरेको आरोप लगाएका छन ।

गृहजिल्ला ओखलढुंगाको रुम्जाटारमा आइतबार बिहान आयोजित कार्यक्रममा खतिवडाले प्रधानमन्त्री ओलीले गफले गदा जनताले दुःख पाएको बताए । ‘विकासको काम गर्नुपर्छ । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ’, उनले भने, ‘गफ गरेर देश चल्दैन ।’

क्रिश्चिनय धर्म प्रचारक मुनको पत्नीले बाँडेको ‘गहुँत’ खाएर देशको विकास नहुने खतिवडाले बताए । ‘प्रधानमन्त्री भनेको देशको हुन्छ’, उनले भने, ‘एउटा धर्म विशेषको कार्यक्रम गर्न सहआयोजक बनेको विषय सानो होइन नेपाली कांग्रेस गम्भीर बनेको छ ।’

खडगप्रसाद ओलीले आफनो पदको गरिमा भुलेर एक लाख डलरको लोभले तीन दिनसम्म होटेलमा बास बसेको आरोप लगाएका कांग्रेसका नेता खतिवडाले भनेन, ‘प्रधानमन्त्री ओलीजीले एक लाख डलरको लोभमा सबै कुरा भुल्नु भयो । यो विषय देश र जनताका लागि लाजमर्दो भएको छ ।’

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पोखरेल र गृहमन्त्री रामबहादुर थापाप्रति आक्रामक देखिएका कांग्रेसका युवा नेता खतिवडाले भने, ‘निर्मला पन्तका बारेमा अपराधी पत्ता लाग्यो भन्ने रक्षामन्त्रीका गफै ठूला । शान्ति सुरक्ष बनाउन नसक्ने गृहमन्त्रीको कुरै नगरौँ । उहाँहरू सबै प्रधानमन्त्रीले जस्तै गफ लगाएर बस्नुभएको छ ।’

वर्तमान सकारका कारण जनतामा ठूलो निराशा छाएको खतिवडाको भनाइ थियो ।

Published : Sunday, 2018 December 30, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया