कांग्रेसका केन्द्रीय सदस्यहरूपनि बुथबाट आउनुपर्ने, बढयो खतरा

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यहरूले प्रथमिकताका साथ उठाएको केन्द्रीय सदस्य बुथबाट निर्वाचित भएर आउनुपर्ने विषय केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ ।

महासमितिमा यस विषयमा कुरा उठेपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सकारात्मक संकेत दिएका थिए ।

अरू देशमा पनि पनि केन्द्रीय नेताले एक कार्यकालका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ । कांग्रेसले यो विषयलाई केन्द्रीय समितिमा छलफल गर्दै छ ।

नेताहरू बुथसम्मै निर्वाचन लड्न जाँदा पार्टीलाई कार्यकर्ता र नागरकको तहमा लोकप्रिय बनाउन अझै मौका मिल्ने धेरै कार्यकर्ताको भनाइ छ ।

नेताले कार्यकर्ता चिन्ने र कार्यकर्ताले नजिकबाट नेता चिन्न मात्रै होइन, पार्टीलाई लोकप्रिय र सक्रिय बनाउन पनि बुथबाटै निर्वाचन लड्ने विषय नेताहरूले उठाएका हुन ।

केन्द्रीय समितिमा दुईतिहाइ नेताले जोखिम भन्दै यसलाई रुचाएका छैनन ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङसहितका केही नेताले केन्द्रीय सदस्यलाई पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्नुपर्ने पक्षमा लबिङ गर्दै आएका छन ।

निरन्तर केन्द्रीय सदस्य रहेकाहरूले तलबाटै निर्वाचन लडेर आउन नपर्ने भएपछि कांग्रेसमा यस विषयमा अहिले बहस सुरु भएको छ ।

१३औँ महाविधेशनमा निर्वा्चित भएको केन्द्रीय सदस्यलाई १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा चुनिनु नपर्ने अहिलेको व्यवस्था छ ।

Published : Monday, 2018 December 31, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया