कांग्रेसलाई अब कसैले हल्लाउन सक्दैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेस युवा नेता गगन थापाले महासमिति समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाट व्यक्त भएको ‘डिप लभ’मा कार्यकर्ताले भरोसा गरेको बताएका छन ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता थापाले भने, ‘महासमिति समापन कार्यक्रममा सभापति र नेताद्वयले आफूहरूबीच डिप लभ भएको बताउनुभएको थियो । उहाँहरूबीचको गहिरो प्रेम अझै फैलियोस् भनेर देशभरका नेता कार्यकर्ताले खोजी गर्न थालेका छन ।’

थापाले भने, ‘अब उहाँहरूबीच प्रेम मात्रै भएर पुग्दैन, प्रेमसँगै पद्धति पनि चाहिन्छ । प्रेमको जस्तो भावना र विवाहको जस्तो सम्बन्ध नेताहरूमा भए अब कसैले पनि कांग्रेस हल्लाउन सक्दैन ।’

कांग्रेसका नेता नरहरि आचार्यले बिपी कोइरालाले देखाएको मेलमिलापको नीति उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘बिपीले राजासँग मात्रै एकता र मेलमिलाप भन्नुभएको होइन’, आचार्यले भने, ‘नेपालका परिवर्तनकामी शक्तिबीच पनि एकता र मेलमिलाप हो । हामीले सबैलाई साथमा लिएर संविधान बनाएका हौँ । अहिले पनि देशमा मेलमिलापको खाँचो छ ।’

पार्टीमा महिला, मधेसी, दलित, जनजातिसहितका सबै समुदायलाई समावेशी आधारमा कांग्रेसले प्रतिनिधित्व गराउने विधान बनाएको सभापति शेरबहादुर देउवाले बताएका छन ।

‘कांग्रेस अब पूर्ण समावेशी पार्टी भएको छ । सबैले अधिकार पाएका छन् । कांग्रेसलाई सबैको पार्टी बनाउन चाहन्छौँ’, देउवाले भने, ‘अब प्रतिनिधित्वको अधिकार पाएपछि आ–आफ्ना क्लस्टरमा महिला, मधेसी, दलित, जनजाति सबैले सदस्य पनि धेरैभन्दा धेरै बनाउँदा बलियो पार्टी बन्नबाट हामीलाई कसैले रोक्न सक्दैन ।’

Published : Tuesday, 2019 January 1, 10:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया