ओली सरकार दलाल र माफियाको चंगुलमा फस्योः पौडेल

जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले वर्तमान कम्युनिस्ट सरकार माफिया, दलाल तथा बिचौलियाको चंगुलमा फसेको आरोप लगाएका छन ।

जाजरकोटमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को १०औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारबाट अहिले माफिया, दलाल तथा बिचौलियालाई मात्र पोस्ने काम भइरहेको दाबी गरेका हुन ।

‘निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रमाणित गरेको छ’, नेता पौडेलले भनेका छन ।

घटनाक्रमले पन्तको हत्याराले सरकार नै हल्लाउन सक्ने संकेत दिएकाले वास्तविक हत्यारा पत्ता लाग्ने सम्भावना कम भएको औँल्याउँदै हत्यारा पत्ता लगाउने नाममा चरम यातना दिएर पटक–पटक निर्दोषलाई फसाउने काम भइरहेको उनको आरोप थियो ।

कम्युनिस्टले आफ्नै मात्र स्वार्थ हेर्ने भएकाले जनतालाई वास्तविक रूपमा अधिकारसम्पन्न बनाउन कांग्रेसको विकल्प नभएको नेता पौडेलको भनाइ थियो ।

‘हिजो जनताका छोराछोरी पढ्ने विद्यालयमा बम पड्काउने कम्युनिस्ट नेताहरूले आज विदेशी भूमिमा आफ्ना छोराछोरीका दीक्षान्त समारोहका फोटा हाल्दै फेसबुक र ट्विटरका भित्ता भरिरहेका छन’, कांग्रेसका नेता पौडेलले भनेका छन, ‘जनयुद्धका नाममा निर्दोष जनतामाथि भएको यो चरम धोकाबाजीको पराकाष्ठा हो ।’

Published : Wednesday, 2019 January 2, 10:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया