चौधरीले खोले बाटो, पूर्वएमाले निकट गुण्डा नाइके मनाङेले पनि सांसदको सपथ लिने

काठमाडौं । कैलालीको टीकापुरमा सुरक्षाकर्मीको सामूहिक हत्या गरेको घटनाका मुख्य आरोपी रेशम चौधरीले सपथ लिएसँगै पूर्वएमाले निकटका अर्का गुण्डा नाइके एवम् हत्या आरोपमा साजय पाएर सर्वोच्च अदालतकाो आदेशमा छुटेका राजिव गुरुङ भनिने दीपक मनाङेलाई सपथ खुवाउने बाटो खुलेको छ ।

अदालतबाट ज्यानमार्ने उद्योगमा सजाय पाएका मनाङे सर्वोच्चको आदेशपछि धरौटीमा छुटेका छन् । धरौटीमा छुटेपछि गुण्डा नाइके मनाङले सत्तारुढ नेकपाका नेताहरुसँग भेट गर्नुका साथै पहुँच लगाएर प्रदेश सभाको सपथ लिने चक्करमा छन् ।

स्रोतका अनुसार गुण्डा नाइके मनाङेलाई सपथ गराउनकै लागि बाटो खोल्न कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले जेलमा रहेका चौधरीलाई सांसद पदको सपथ गराएका हुन् । गुण्डा नाइके मनाङेलाई सपथ गराउँदा आलोचना हुने भएपछि प्रधानमन्त्री ओलीले बाटो खोल्न चौधरीलाई सपथ खुवाएको सामाजिक सञ्जालभरि चर्चा छ ।

तत्कालीन एमालेमा प्रवेश गरेका गुण्डा नाइके मनाङेलाई मनाङ जिल्लाबाट प्रदेश सभाका लागि टिकट दिइएको थियो । मिडियो र पार्टीभित्र गुण्डा नाइकेलाई टिकट दिएको भनेर आलोचना भएपछि टिकट खोसिएको थियो ।

तर, एमालेले गुण्डा नाइके मनाङेलाई प्रदेश सभा निर्वाचनमा जिताउन पार्टीको तर्फ सहयोग गरेको थियो ।

मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएर एमालेको समर्थनमा जितेका थिए । मनाङलाई जिताउनकै लागि एमालेको तर्फबाट उम्मेदवार दिएकालाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो ।

हत्या आरोपमा सजाय पाएर जेलबाट भरखरै छुटेका गुण्डा नाइके मनाङेले गण्डकी प्रदेशका सभामुखलाई भेटेर सपथ गराइ पाउँ भनेर निवेदन दिएका छन् । मनाङले महानन्यायधीवक्ता अग्नि खरेलसँग समेत भेटेर सपथका लागि कानून अड्चनका बारेमा परामर्श गरेका छन् ।

महान्यायाधीवक्ता खरेलले मनाङेलाई सपथ लिनका लागि कुनै अड्चन नरहेको सल्लाह दिएको गुण्डा नाइके मनाङले जनता जान्न चाहन्छन नाम टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलालाई बताएका छन् ।

उता, बिहीबार टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् ।

सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो ।

पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीकै पहलमा सभामुख महराले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।

Published : Thursday, 2019 January 3, 3:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया